0 COMMENTS

साउन १८, काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुँदैछन् । समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् । आज समूह ‘एच’ मा रहेका दक्षिण कोरिया र जर्मनी तथा मोरक्को र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

जारी विश्वकपमा कोलम्बिया लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने जर्मनी र मोरक्को ३–३ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । यसैगरी यो समूहमा रहेको दक्षिण कोरियाले अंक जोड्न सकेको छैन । कोलम्बियालाई नकआउट चरण (अन्तिम १६) मा प्रवेश गर्न एक अंकमात्रै आवश्यक छ भने पराजित हुँदा जर्मनी र कोरियाको नतिजा कुर्नुपर्ने हुन्छ ।

३२ राष्ट्र सहभागी विश्वकपमा ८ वटा समूह समूह छन् । विश्वकप अगस्ट २० सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।