0 COMMENTS

साउन १६,  काठमाडौँ । सामाजिक अभियन्ता डा. गोबिन्द केसीले आगामी साउन २९ देखि सत्याग्रह थाल्ने भएका छन् । हिजो एक पत्रकार सम्मेलनगर्दै डा. केसीले उपरोक्त घोषणा गरेका हुन् । उनले राज्यले यसअघि गरेका सम्झौता कार्यान्वयन नगरेको बताए । पत्रकार सम्मेलनमा डा. केसीले चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने प्रयास भइरहेको छ । राज्यका निकायहरु दलीय कार्यकर्ता भर्तिकेन्द्र बनेका छन् उनले भने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन अल्टिमेटम दिउका छन् । उनले शुल्क बढाउने सीटीईभीटीको निर्णय खारेजी, सबै प्रदेशमा मेडिकल कलेज पुर्‍याउने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्ने लगायतका मागसहित सरकारलाई अल्टिमेटम दिएका हुन् ।

छिल्लो पटक डा. केसी र सरकारबीच चिकित्सा शिक्षा सुधारबारे २०७९ असोजमा सहमति भएको थियो । उनले जारीगरेको एक बिज्ञप्तिमा साढे दुई दशकसम्मको भद्रगोलका कारण डिग्री किनबेचमा परिणत भएको चिकित्सा शिक्षा सुधारका लागि दशक लामो संघर्षबाट हासिल भएका उपलब्धिहरु उल्ट्याउने यस्तो प्रयास निन्दनीय छ । यसै बीच हामीले बारम्बार विज्ञप्तिहरुमार्फत सरकारलाई त्यस्तो उल्टो बाटो नहिँड्न चेतावनी दिँदादिँदै पनि सरकारले कुनै सुनुवाइ गरेको छैन । बरु चिकित्सा शिक्षा आयोगमा नयाँ पदाधिकारी नियुक्तिका लागि शुरु भइसक्नुपर्ने प्रक्रिया अझै शुरुनगरेर आयोगलाई नेतृत्व विहीन बनाएर त्यसको कार्य सम्पादन अवरुद्ध पार्ने प्रयास भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।