0 COMMENTS

साउन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरामद गरेको छ । विभागले सुनसहित एक जना भन्सार एजेण्ट र ड्राइभरलाई नियन्त्रणमा लिएको छ । 

हङकङबाट ल्याइएको अवैध सुन ठूलो परिणाममा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । त्यसकाे मूल्य करिब एक अर्वकाे अनुमान गरिएकाे छ ।

‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । विशेष सूचनाका आधारमा राजश्वको टोली विमानस्थल भन्सारमा छापा हान्न पुगेको बताइएको छ । सुन हङ्कङबाट आएको खुलेको विभागका महानिर्देशक ढुंगानाले प्रष्ट पारेका छन् । थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुराहरु खुल्ने उनको भनाइ छ ।

सो क्रममा स्कुटर र मोटरसाइकलको ब्रेक सुमा भित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद भएको हो । सुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे अनुसन्धान भइरहेको बताइएको छ ।

बरामद भएको सुन हालसम्मकै तस्करीको अवैध सुनमध्येकै सर्वाधिक भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।