0 COMMENTS

असार ११, काठमाडौँ । चेचेन सेनाको चेतावनीपछि भाडाका सैनिक समूह वाग्नरका लडाकूहरू पछि हट्न बाध्य भएका छन् । रुसविरुद्ध सैन्य विद्रोहको प्रयास गरेको वाग्नर समूहले रुसी रक्षामन्त्रीको राजिनामा माग गरेको थियो । आफ्नो माग पूरा नभएपछि मस्को तर्फ अघि बढ्ने वाग्नरले चेतावनी दिएको थियो । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देशद्रोह गरेको भन्दै नछोड्ने चेतावनी दिएका थिए ।

वाग्नर लडाकुहरुले रोस्तोभ-अन-डोन शहर कब्जा गरेको घोषणा गरेका थिए । त्यसलगत्तै चेचेन सेनाले आवश्यक परे वाग्नर समूहसँग भिड्न तयार रहेको चेतावनी दिँदै युक्रेनबाट फर्किनु नपरोस् भन्दै चेतावनी दिएको थियो । चेचेन सेनाले कारवाही सुरु नगर्दै वाग्नर समूह पछि हट्न बाध्य भयो । वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बेलारुसका राष्ट्रपति अलेकजेण्डर लुकाशेंकोसँग कुरा गरेर मिलाइदिन आग्रह गरेका थिए ।

प्रिगोजिनले रक्तपातबाट बच्न भन्दै आफ्ना लडाकूहरूलाई युक्रेन फर्कन आह्यवान गरे । उनी अब बेलारुस बस्नेछन् । प्रिगोजिनले रुसविरुद्ध कदम उठाएपछि वाग्नर समूहभित्रै विवाद उत्पन्न भएको छ । प्रिगोजिन आफ्नै सेनाबाट असुरक्षित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।