0 COMMENTS

असार ९, काठमाडाैँ । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ ।
मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको हो ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ । बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको विवरणमा देखिन्छ । भैरहवा,लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याज मार्फत करोडौं असुलेको प्रष्ट देखिन्छ । बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज समेत लिइरहेका छन् ।

भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका धेरै तथ्यहरु देखिन्छन् । निज बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका छन् । एक ऋणीले बानियाँ संगको ऋण लिनदेनले दबाबमा मृत्युको निर्णय सम्म लिएको तर पछि पारिवारिक सल्लाहले उक्त बाटो नरोजेको पिडा व्यक्त गरेका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरीसमेत दिएको देखिन्छ । प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित बिरोध सभा आयोजना गरेको थियो । सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सरद, जिल्ला सेक्रेटरी बिरेन्द्र, जिल्ला सचिवालय सदस्य शिशिरलगायतका नेताहरूले गलत काम गर्नेहरुलाई कारवाही हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।