0 COMMENTS

जेठ २३, काठमाडाैँ । आजदेखि सुदूर-पश्चिममा तीनदिने अध्यात्मिक सम्मेलन सुरु हुँदैछ । सुदूर-पश्चिम मात्रै नभएर देशकै पर्यटकीय स्थल खप्तडमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्नेछन् ।

सुदूर-पश्चिम प्रदेश सरकारका पर्यटनमन्त्री रमेश धामीले सम्पूर्ण तयारी पूरा भइसकेको बताए । रामदेव-बालकृष्णको टोली धनगढी पुगेको र प्रधानमन्त्री काठमाडौँबाट उड्ने तयारीमा रहेको धामीले बताए । धामीले अपेक्षा गरेभन्दा पनि धेरैको सहभागीता हुने बताए । खप्तड विकास समितिले पाँच सयको स्टेमेड गरेपनि १५ सय मानिसहरु खप्तड पुगिसकेको मन्त्री धामीले जानकारी दिए ।

योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने आयोगजकले जनाएको छ ।

आज सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ । कार्यक्रममा सुदूर-पश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।