जेठ २०, चितवन । अत्याधिक गर्मीका कारण भरतपुर महानगरपालिकाले आजदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।