0 COMMENTS

जेठ १९, काठमाडौँ । अफगानिस्तानको माओवादी कम्युनिस्ट पार्टी ‘अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ ।

बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्दर्भमा त्यो ऐतिहासिक अध्याय नेपालको इतिहासमा सुनौलो अक्षरमा अङ्कित हुने र रिममा नेकपाको सक्रिय सहभागिताले विश्वभरिका क्रान्तिकारीहरूमा सकारात्मक प्रभाव छाडेको स्मरण पनि गराइएको छ ।

बधाईपत्रमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीच (मार्क्सवादी–लेनिनवादी–माओवादी) एकता महाधिवेशनबाट ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ गठन गर्न सफल हुनुभएकोमा हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ । यसले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेछ भन्ने ठूलो अपेक्षा एवम् विश्वास गरेका छौँ । देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि तपाईंहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम हो । नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको छ । त्यो ऐतिहासिक अध्याय नेपालको इतिहासमा सुनौलो अक्षरमा अङ्कित हुनेछ र रिममा नेकपाको सक्रिय सहभागिताले विश्वभरिका क्रान्तिकारीहरूमा सकारात्मक प्रभाव छाडेको छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘तर ‘प्रचण्ड–भट्टराईपथ’ को दुर्भाग्यपूर्ण विचलनका कारण नेपालमा जनयुद्धको अन्त्य गरियो र त्यो संशोधनवाद एवम् संसद्वादतर्फ सोझियो । त्यसपछिका विभाजनहरूले विगत १७ वर्षमा पार्टीको सामथ्र्य पुनःआर्जन गर्र्ने क्षमता अवरुद्ध गर्यो । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एउटै पार्टी ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’ मा सफल पुनर्एकीकरण भएको देख्न पाउँदा हामी खुसी छौँ । विश्वभर माओवादी पार्टी तथा सङ्गठनहरूको आगामी सम्मेलनको तयारी र रिमलाई पुनर्जीवित गर्न तपाईंको पार्टीले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो दृढ विश्वास छ । हाम्रो पार्टी तपाईंको पार्टीसँगको सम्बन्धलाई सुदृढ गर्न र विश्वभरका पार्टी तथा सङ्गठनहरूको अन्तर्राष्ट्रिय सम्मेलनको योजनालाई समृद्ध बनाउनका लागि सँगै काम गर्न प्रतिबद्ध छ ।’

पत्रमा अगाडि भनिएको छ, ‘मार्क्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तको वरिपरि केन्द्रित एकीकृत पार्टीको गठन नेपाली माओवादीलाई वैचारिक, राजनीतिक तथा साङ्गठनिक भ्रमबाट मुक्त गराउने एउटा महत्वपूर्ण उपलब्धि हो । दुई लाइन सङ्घर्षमा अडिग रहँदै र नेपालमा जनयुद्धको पुनरुत्थान गरेर तपाईंहरूले विश्वभरिका सर्वहारा वर्ग तथा जनताको सबैभन्दा बलियो शत्रुको जग हल्लाउनुहुनेछ र अन्ततः विश्वक्रान्तिको सेवा गर्नुहुनेछ ।’

बधाईपत्रको अन्त्यमा भनिएको छ, ‘कमरेडहरू, हामी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई हार्दिक बधाई दिन चाहन्छौँ र विश्वभरिका अन्य माओवादी पार्टी तथा सङ्गठनहरूसँग अन्तर्राष्ट्रिय सम्मेलन एवम् रिमको पुनस्र्थापनाको तयारीमा सक्रिय भएर काम गर्न पाएकोमा गौरव महसुुस गरेका छौँ । हामी अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी अन्य माओवादी पार्टी तथा सङ्गठनहरूसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अफगानिस्तानको कम्युनिस्ट (माओवादी) पार्टीका बीचमा दरिलो ऐक्यबद्धता निर्माण गर्न चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।