0 COMMENTS

जेठ १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । अहिले सुदूर-पश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका तराईका थोरै भू-भागहरू साथै देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूर-पश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूर-पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर-पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।