0 COMMENTS

जेठ ११, काठमाडाैँ । रुकुम पश्चिममा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा – ८ दुलीमा विहीबार विहान जीप दुर्घटना भएको हो ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जाँदै गरेको लु १ ज १७४७ नम्वरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको प्रहरीले बताएको छ ।रुकुम पश्चिम प्रहरीका अनुसार दुर्घटनामा परी सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको छ ।

जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।