0 COMMENTS

जेठ ८, काठमाडौँ । नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव प्रस्तुत गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले धारणा राखेका थिए । उनले सरकारको नीति कार्यक्रम गतिहीन दस्तावेजको संज्ञा दिँदै पुनःलेखन गर्न सुझाव दिएका थिए । यसैबीच राष्ट्रिय सभाको बैठक पनि सोमबार दिउँसो १ बजे बोलाइएको छ । राष्ट्रिय सभा बैठकमा पनि सरकारको नीति कार्यक्रममाथि नै छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।