0 COMMENTS

जेठ ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ ६ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १६४ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।