0 COMMENTS

जेठ ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले जेठ २ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ २४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८४ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ६१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५३ पैसा र बिक्री दर १६५ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ शून्य पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।