0 COMMENTS

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले बताएका छन् । हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन् ।

आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका- ४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को- पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।