0 COMMENTS

वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह रहेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए । राजविराज नगरपालिका ६ स्थित सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।