0 COMMENTS

जेठ १७, गैडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा शनिबार घरायसी विवादका क्रममा बाबुले खुर्पा प्रहार गर्दा छोराको मृत्यु भएको छ। गए राति करिब १० बजे स्थानीय ६३ वर्षीय डम्मर गिरीले आफ्नै ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए।

टाउकोमा गम्भीर चोट लागेका शंकर गिरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर ल्याइएको थियो । उपचारकै क्रममा राति १०ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर प्रयोग गरिएको खुर्पा बरामद गरेको छ भने आरोपी डम्मर गिरीलाई नियन्त्रणमा लिइसकेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।