0 COMMENTS

माघ २, पाँचथर । माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवमा जडीबुटी, दलहन तथा तेलहन खाद्य सामग्री, अचारलगायत सामग्री डेढ दर्जनभन्दा बढी स्टलमा राखिएका छन् । जिल्ला समन्वय समिति पाँचथरको प्राङ्गणमा आयोजित महोत्सवमा खाद्यान्न परिकारका अतिरिक्त पुराना परम्परागत सामग्रीहरू प्रदर्शनका लागि राखिएका छन् । परम्परागत रुपमा खेतीका लागि खनजोत गर्न प्रयोग गरिने सामग्री, भान्सामा प्रयोग हुने काठमा सामग्री तथा घरायसी उपयोगका तीन दर्जनभन्दा बढी परम्परागत सामग्री प्रदर्शनका लागि राखिएका छन् । 

महोत्सव सुरु हुनुअघि फिदिमको शिवालयबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो । र्यालीमा विभिन्न जातजातिले सांस्कृतिक प्रस्तुति दिएका थिए । महोत्सव उद्घाटनका बेला च्याब्रुङ नाच, साकेलालगायत नृत्य देखाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।