0 COMMENTS

पुस १, काठमाडौँ । आठौँ राष्ट्रिय झण्डा दिवस आज (मङ्गलबार) विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२०१९ साल पुस १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अङ्गीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौँको वसन्तपुरबाट रत्नपार्कसम्म र्‍याली निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।