कात्तिक १९, काठमाडौँ । च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल म्याड्रिड दोस्रो हाफमा चुकेको हो।
लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई १–० गोलले मात्र हराएको छ । दोस्रो हाफको ६१ मिनेटमा लिभरपुलका लागि म्याक एलिस्टरले निर्णयक गोल गरेका हुन्।
पहिलो गोल ६१ औं मिनेटमा खाएपछि पनि रियलले गोल फर्काउन नसक्दा पराजित भएको हो। यो जितसँगै लिभरपुलले ९ अंक जोडेको छ। समान अंक भएको रियल पाँचौ स्थानमा छ भने लिभरपुल तालिकाको छैटौं स्थानमा छ।
