0 COMMENTS

कात्तिक ४, चितवन । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै आज विहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

राति करिब २ बजेको समयमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर-२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही ठाँउका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल मै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।