भदौ ९, पोखरा । लिपुलेकमाथि चीन र भारतले गरेको हस्तक्षेपको बिरोधममा कास्कीमा कृयाशील पाँच राजनीतिक दलहरूले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पोलिटब्युरो सदस्य नारायण अधिकारिले भारत र चीनले गरेको हस्तक्षेपकारी षड्यन्त्रको बिरोध गर्दै राज्यको कुटनैतिक पहल र दुरदर्शिताको अभाब रहेको बताए । मूलतः तीन वटा कारणले हाम्रो देशको स्वाधीनतामाथि खतरा रहेको औलाउँदै सक्चिनु पर्नेमा जोड दिए । पहिलो कारण, भारत र नेपालको बिचमा भएको असमान सुगौली सन्धि, दिल्ली सम्झौता आदि । दोश्रोमा, भारतीय बिस्तारवादी नीति र तेश्रोमा नेपाली शासकहरूको लम्पसारवादी तथा राष्ट्रिय आत्मसपर्णवादी नीति। यी कारणहरूले गर्दा हाम्रो देशको राष्ट्रियता र स्वाधीनतामा सधै आँच आएको ठोकुवा गर्दै पुराना सन्धि सम्झौताहरूको खारेज गर्दै नयाँ उचाइमा सहमति कायम गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । जनताको पक्षबाट भएका इमानदार र सचेतपुर्ण आन्दोलनमा नेपाली जनताले आफ्नो ज्यान दिएको उदाहरण प्रसस्तै रहेको बताए । प्रस्तुत बुँदागत कारणहरूमा नेपाली जनतालाई निकास खोज्नको लागि सचेत र सङ्गठित रूपले आन्दोलनमा होमिन समेत अपिल गरे ।
बिरोध कार्यक्रममा अर्का बक्ता बरिष्ठ अधिबक्ता तिलक पराजुलीले पहिलेदेखि नै भारतले नेपाली भुमिमाथि गिद्धेनजर लगाएको र नेपाली भूमिमा आफ्ना सेनाका ब्यारेक राखेको बिरोध गर्दै नेपाली शासकहरूको दब्बु नीतिको पनि भण्डारफोर गरे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपाका जिल्ला सेक्रेटरी उमेश सी, नेकपा (मसाल) का जिल्ला प्रबक्ता चन्द्रबहादुर केसी, नेसपा नयाँ शक्तिका विद्यार्थी नेता विशाल तिमिल्सिना लगायतले बोलेका थिए ।
राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा संयुक्त दलिय मोर्चाका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।