0 COMMENTS

भदौ २, काठमाडौँ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी कञ्चनुपरका विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आइतबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका छन्।

तेल अविवस्थित नेपाली दूतावासका अनुसार, नेपाली राजदूत धनप्रसाद पण्डितको साथमा पुगेकी विपिनकी आमा र बहिनीले राष्ट्रपतिलाई भेटेका हुन् । जेरुसेलमस्थित राष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा उनीहरुले विपिन निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै उनको तत्काल रिहाइका लागि मानवीय पहल गरिदिन अनुरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।