साउन १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ । पार्टीको बर्दघाटमा शनिबार सम्पन्न पूर्ण बैठकले जिल्लाको हरेक तहमा भष्ट्राचार ब्याप्त रहेकोले अभियानलाई चरणबद्ध रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले अभियान पहिलो चरणमा प्रचारात्मक सँगै भण्डाफोर, अनुसन्धान तथा रिर्पाेटको चरण हुँदै जनताको तहबाट जनकारवाही सम्मको चरणमा जाने जानकारी दिए । यस अघि पार्टीले असार ५ गते परासीमा पत्रकार भेटघाट तथा भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गरेको थियो ।
पार्टीको उक्त बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुवेदीले प्रशिक्षण दिएका थिए । बैठक जिल्ला सेक्रेटरी रवि पाण्डेयको अध्यक्षता, सचिवलायद्वय गणेशबहादुर ढकालको परिपत्र वाचन र दुर्गा नारायण चौधरीको सञ्चालनमा भएको थियो ।