साउन ५, कास्की । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेयको समस्यासमेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।