0 COMMENTS

कात्तिक ४, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने उक्त घटनामा २६ जना घाइते भएका छन् ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी १८ घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।