0 COMMENTS

असोज १०, तनहुँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकामा असोज ९ गते भेला सम्पन्न गरेको छ । प्रथम गाउँपालिका भेलाले तीन सदस्य पछि थप्ने गरी स्थीरको नेतृत्वमा ७ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

पार्टीका सचिवालय सदस्य तथा तनहुँका इन्चार्ज अनुकूलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाको अनुकूलले ब्यानर बाचन गरेर उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि अनुकूलले पार्टीको आगामी महाधिवेशन भव्य रूपमा सफल पार्न जिल्लाले खेल्नुपर्ने भूमिका लगायत भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए भने जिल्लाका सह-संयोजक नविनले निर्वाचित कमिटीलाई बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।