0 COMMENTS

भदाै ५, काठमाडौँ । देशभर डेङ्गुको संक्रमण बढ्दै गएको छ । देशको अधिकांश जिल्लाहरुमा डेङगुको संक्रमण बढिरहेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेबाट सर्ने डेंगु नेपालका ७४ जिल्लामा फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सन् २०२४ को सुरू अर्थात् गत पुसको मध्यदेखि हालसम्म ३ हजार ७५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकीमा १ हजार ४४८, बागमतीमा ९२८ डेंगु संक्रमित भएका हुन् ६३९, लुम्बिनीमा ३२८, सुदूरपश्चिममा २९५, मधेशमा ६५ र कर्णाली प्रदेशमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा धेरै तनहुँमा ७१५, काठमाडौंमा ३५४, कास्कीमा २७४, झापामा १४७, चितवनमा १४५, पर्वतमा १३६, मकानपुरमा ९०, गोरखामा ८५ जना डेंगु संक्रमित भेटिएका छन् ।

डेङगुको संक्रमण पछिल्लो समयमा हिमाल पहाड तथा तराईमा फैलिरहेको छ । संक्रमणबाट बच्नकोलागि सरकारी तथा जनस्तरबाट ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।