0 COMMENTS

साउन २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २९ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।