0 COMMENTS

साउन १६, काठमाडौँ । बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव प्रहरीले फेला पारेको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।  

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि वाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । 

त्यस्तै बागमती नदीको जलसतह ललितपुरको खोकनामा खतराको तह पार गरेको छ। पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।