0 COMMENTS

साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेकाे हो ।

प्रधानसेनापति प्रभुराम शर्माले भदौ २४ गते अवकास पाउँदै छन् । त्यसअघि नेपाली सेनाको परम्पराअनुसार शर्मा अवकास पाउनु भन्दा एक महिना अगाडि साउन २४ गतेदेखि विदामा बस्ने भएपछि सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।