0 COMMENTS

जेठ १२, काठमाडाैँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्व-पश्चिम सडकखण्डमा शुक्रबार राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नं. को बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।