0 COMMENTS

जेठ १९, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक मङ्गलबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा सभामुख डोलप्रसाद डिपी आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु कार्यसूची रहेको छ । यसैगरी, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ ।

बैठकमा आ.व. २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।