0 COMMENTS

भदाै २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ १ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शनिबार अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।