0 COMMENTS

वैशाख १३, काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ । प्रसाईंले सञ्चालन गरेको झापास्थित बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ ।

बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिएको हो । पटकपटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।