जेठ १९, काठमाडौँ । पछिल्लो २४ घण्टामा राज्य कोषमा २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ । ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारी चालकले सवारी नियम उल्लङ्घन गरेकाहरूबाट कारबाही स्वरूप राजस्व दाखिला भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।
