0 COMMENTS

मङ्सिर २४, काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् ।

सोमबार सर्वोच्च अदालतले बर्खास्तीको रिटमा परमादेश आदेश दिएपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणको प्रमुखमा फर्किएका हुन् । ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवाललाई जिम्मेवारी दिएपछि शाक्य अदालत गएका थिए ।

न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो । अदालतले नवयुवाको आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले शाक्यलाई ‘पूर्वाग्रह’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढङ्गले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको ठहर गरेको हो।

शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उर्जा आयोगमा लैजाँदा मन्जुरी लिनु पर्ने भए पनि नलिएको पाइएको अदालतले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।