0 COMMENTS

माघ २५, काठमाडौँ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।