0 COMMENTS

कात्तिक १, काठमाडौँ । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको उनको भनाइ छ । बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले जानकारी दिए ।

हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।