0 COMMENTS

असार ५, काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले बुधबार बिहान शौचालयमा मृत अवस्थामा भेटिएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका प्रहरी जवान अजित गोलेले आफैंले गोली हानी आत्महत्या गरेका हुन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार संसद् भवनको दुई नम्बर गेटको नजिकै रहेको शौचालयमा प्रहरी जवान गोले मृत अवस्थामा भेटिएका हुन् ।

डीआईजी कार्कीले भने, संसद् भवनको दुई नम्बर गेटनजिकै शौचालयमा प्रहरी जवान अजित गोले मृत भेटिएका हुन् । गोली पड्केको आवाज सुनिएको त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मीले बताएका छन् । घटनास्थलमै उनको मृत्यु भएको भेटिएको छ । अहिले हामी प्रारम्भिक अनुसन्धानका क्रममै छौँ । गोलेले आफैंले गोली हानी आत्महत्या गरेको घटनाक्रमले देखाएको पनि डीआईजी कार्कीले बताए । गोलेको निधारमा गोली लागेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।